२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लायन्स सिद्धार्थनगर लेडी युथको सहयोगमा रोहिणी–२ का नरेश हरिजनको घर निर्माण हुँदै

शनिवार , आषाढ २, २०८०

भैरहवा, २ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ खोखराहनीका नरेश हरिजनसहित उनको परिवार विगत २५ वर्षदेखि छाप्रोका घरमा बस्दै आएका थिए । आर्थिक अभावका कारण हरिजनले आफूले सोचेअनुरुप घर बनाउन सकेका थिएनन् । गर्मी तथा वर्षातमा हरिजन परिवारले विभिन्न सास्ती खेप्दै आइरहेका थिए । उनको समस्याबारे लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथसम्म खबर पुग्यो । अनि, सुरु भयो हरिजनको घर निर्माण कार्य ।

क्लबले दुईकोठे घर निर्माणका लागि विभिन्न सामग्री तथा नगद रकम सहयोग गरेपछि घर निर्माण भइरहेको क्लबकी प्रथम उपाध्यक्ष नीपा क्षेत्रीले बताइन् । योसँगै केही समयपछि हरिजन परिवारको नयाँ घरमा बस्ने सपना पूरा हुने भएको छ ।

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले बिहीबार एक कार्यक्रमकाबीच नरेश हरिजनलाई उक्त घर हस्तान्तरण गरेको छ । 

IMG_9436.JPG

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले लायन्स क्लबले समाजमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले समाजमै काम गर्ने क्लबसँग गाउँपालिकाले सहकार्य गर्ने बताए । उनले भने, ‘गरीब बस्तीलाई माथि उकास्न लागिपरेका छौं । जनतालाई कसरी नजिकबाट कसरी सेवा दिन सकिन्छ भन्नेतर्फ लागिपरेका छौं । ’ अध्यक्ष यादवले गाउँपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको बताए ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का इलेक्ट डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले लायन्स सिद्धार्थनगर लेडी युथले मन छुने काम गरेको बताए । उनले नागरिकलाई पवित्र मनले सहयोग गर्दै आएको बताए । उनले भने, ‘दुःख परेको बेला सहयोग गर्ने लायन्स क्लब नै हो । हामी स्थानीय सरकारका काममा पनि सहयोग गर्न तयार छौं ।’

एरिया चिफ संगम न्यौपानेले लायन्स सिद्धार्थनगर लेडी युथले सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहियामा ‘माई लायन्स भिलेज’ अभियान सञ्चालन गरेर राम्रो कार्य गरिरहेको बताए । उनले लायन्स सिद्धार्थनगर लेडी युथले उत्कृष्ट कार्य गरेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष विजय पाण्डेले सेवा गर्नुपर्छ भन्ने मान्यताका साथ लायन्स क्लब अघि बढेको बताए । उनले लायन्स सिद्धार्थनगर लेडी युथले सिद्धार्थनगर–९ मा विभिन्न सीपमूलक तालिमहरुसमेत सञ्चालन गरेको बताए ।

WhatsApp Image 2023-06-17 at 8.37.57 AM.jpeg

लायन्स डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले नरेश हरिजनको परिवारको बारेमा जानकारी पाएपछि घर निर्माणका लागि क्लब अग्रसर भएको बताइन् ।

IMG_9461.JPG

स्थानीय शिवदास गिरीले नरेश हरिजनले आफूसँग पीडा सुनाएपछि लायन्स क्लबसँग समस्या बताएको र घर निर्माण कार्य सुरु भएको बताए । स्थानीय नरेश हरिजनले दुईकोठे नयाँ घरमा अब बस्न पाउने भएपछि खुसीको अनुभुति भएको बताए ।

IMG_9451.JPG

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी प्रथम उपाध्यक्ष नीपा क्षेत्रीको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक तनु शर्मा कसौधनको स्वागत तथा क्लबकी सचिव तृप्ती वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।