images

सोमवार, बैशाख २४ गते २०८१

तिलोत्तमामा एक युवाको हत्या, अभियुक्त  सार्वजनिक

तिलोत्तमामा एक युवाको हत्या, अभियुक्त  सार्वजनिक

images
images
images
शुक्रवार, आषाढ १ २०८०
शुक्रवार, आषाढ १ २०८०
  • तिलोत्तमामा एक युवाको हत्या, अभियुक्त  सार्वजनिक

    बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । 

    images
    images
    images

    तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मँगलबार हत्या गरेको प्रहरीले जनाएको छ । नवलपरासी बर्दघाट सुस्ता ९पश्चिम० सुनवल नगरपालिका–७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ ।

    मँगलबार साँझ करिब ७ बजेको समयमा उनीहरु बीच आपसी विवाद भएपछि अभियुक्त कंवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्यापछि उनी फरार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । 

    अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर बि।क।ले बताए । अभियुक्तलाई विहिबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो । जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij