२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभद्वारा खाद्यान्न तथा विभिन्न सामग्री सहयोग

आइतवार , जेठ २८, २०८०

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २८ जेठ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले तिलोत्तमाको मंगलापुरस्थित सृजनशील संस्था नेपाल (बाल आश्रम) मा खाद्यान्नसहित विभिन्न सामग्री वितरण गरेको छ । क्लबले ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत शनिबार बिस्कुट, तेल, खाना पकाउने भाडा, टेबल पंखालगायत ४० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको क्लबका अध्यक्ष एमजेएफ सुनिल सेन्चुरीले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले स्थापनाकालदेखि नै रचनात्मक र उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।

    लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष सुनिल सेन्चुरीको अध्यक्षता, कार्यक्रम संयोजक कृतेश श्रेष्ठको स्वागत तथा क्लबका सचिव संजोगराज तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एरिया चिफ संगम न्यौपाने, एरिया कोषाध्यक्ष विनय कसौधन, रिजन चेयरपर्सन अभिनव मयुर कसौधन, डिष्ट्रिक प्रोग्राम मेम्बर तनु शर्मा कसौधन, सृजनशील संस्था नेपालकी अध्यक्ष प्रमिला शर्मालगायतको आतिथ्यता रहेको थियो ।