
शुक्रवार , जेठ २६, २०८०
बुटवल, २६ जेठ ।
हेल्वेटास नेपालको ईन्स्योर परियोजना, रुपन्देही उद्योग संघको सहयोगमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको आयोजना तथा डाईनामिक टेक्निकल एजुकेसन एण्ड भोकेशनल ट्रेनिङ प्रा.लि.को प्राविधिक सहयोगमा रुपन्देहीका होटलमा कार्यरत वारिष्टाहरुको क्षमता विकास हुने गरी १६ दिने विशेष वारिष्टा तालिम सुरु गरिएको छ ।
शुक्रबार एक समारोहकाबीच नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले सामुहिक रुपमा उद्घाटन गरे । दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना (दोस्रो चरण) ईनस्योर कार्यक्रमका चक्रपाणी तिमिल्सिनाले निजी क्षेत्रलाई क्रियाशील बनाएर सीसीटिभिटीमार्फत समन्वय गर्ने गरी प्राविधिक शिक्षा तथा व्यवहारिक तालिमलाई जोड दिएको बताए । अहिले ११ वटा शिक्षालयमा तालिमहरु सञ्चालनमा रहेको उनले बताए ।
कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले होटल व्यवसायीप्रति नकारात्मक सोचलाई चिर्न जरुरी रहेको भन्दै अन्तर्राष्ट्रिय बजारमा भने मर्यादित पेशा भएको दावी गरे । हरेक व्यक्ति आफू सिकेको दक्षता र कलालाई व्यवहारमा उतार्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले बजारमा तालिम प्राप्त वारिष्टाको माग रहेको भन्दै बजारमा दक्ष जनशक्ति उत्पादन हुने बताए । उनले होटल व्यवसायीहरुलाई पेशाप्रति सीप सिकाउँदै दक्षता अभिवृद्धि गर्ने गरी तालिमको ब्यवस्था गर्ने बताए । उनले होटल व्यवसायीहरुलाई क्षमता अभिवृद्धिका कार्यक्रम निरन्तर चलाउने गरी तालिम तथा शिक्षा संयोजक तोकेर नै कार्यक्रम अघि बढाएको बताए । तालिमको प्रभावकारीतालाई निरन्तरता दिइने उनले बताए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, होटल व्यवसायी संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष राम प्रसाद गौतमले नेपाली खानपान र संस्कृतिलाई जोडेर तालिम चलाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा डाईनामिक टेक्निकल एजुकेसन एण्ड भोकेशनल ट्रेनिङ प्रा.लि.का डाईरेक्टर सुमित्रा केसीले युवाहरुलाई क्षमता विकासका लागि तालिम गर्दै आएको बताइन् । कार्यक्रममा तालिम संयोजक माधव ढकालले रुपन्देहीका होटल व्यवसायीलाई क्षमता विकास कार्यक्रम अन्तरगत तालिम दिइएको बताए । होटल व्यवसायीहरुलाई मर्यादित र दक्ष बनाउने गरी निरन्तर तालिम चलाउँदै जाने उनले बताए ।
तालिममा रुपन्देहीका होटलमा कार्यरत कर्मचारीहरुबाट छनौट भएका २० जना रहेका छन् । सहभागीहरुलाई मुख्य प्रशिक्षक आशिष गौतम, सहायक प्रशिक्षक सुशील चौधरीले ९६ घण्टाको तालिम दिनेछन् । कार्यक्रममा संघका पुर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सचिव कमल भण्डारीले होटल व्यवसायी तथा कर्मचारीलाई क्षमता, नेतृत्व र व्यवसायिक विकासमा जोड दिने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij