
शुक्रवार , जेठ २६, २०८०
बुटवल, २६ जेठ ।
बुटवलको ढवाहामा दोस्रो पीस पार्क, सांँकृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ । सतगढी युवा क्लकको आयोजना बिहीवारदेखि बुटवल उपमहानगरपालिका–१२ ढवाहा स्थित फुटबल ग्राउण्ड, मेनरोडमा सुरु भएको हो । मेला असार १० गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको बुटवल उपमहानगरपालिका–१२ का वडाअध्यक्ष डिल्लीप्रसाद उपाध्यक्ष शर्मा नगरले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष उपाध्यक्षले अहिले आर्थिक क्रियाकलाप केही सुस्ताएको अवस्थामा यसप्रकारका मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान गराउनका लागि सहयोग पुग्ने बताए ।
कुनै नाफा कमाउने सोचले भन्दा पनि पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको वाली मल्टि एग्रो जोन प्रा.लि.का प्रबन्धक गिरी श्रीसले बताए । मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने र आम्दानीको ५ प्रतिशत बुटवल उपमहानगरपालिकालाई दिइने सतगढी क्लबका अध्यक्ष दीपक पुनले बताए । मेलाको प्रवेश शुल्क १०० रुपैयाँ रहेको छ । साथै वृद्धवृद्धा र अपांगलाई टिकटमा शतप्रतिशत छुट र विद्यार्थीहरुका लागि पनि छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ । मेलामा ८१ स्टल रहने रहेका छन् भने ३० हजारभन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै ५० देखि ६० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको दावी रहेको छ । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने रहनेछ ।
मेलाको व्यवस्थापन वाली मल्टि एग्रो जोन प्रा.लि.ले गरेको छ भने संरक्षकमा बुटवल उपमहानगरपालिका र सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ रहेको छ । गत वर्षको रमाइलो पीस पार्क मेलामा २७ हजार दर्शकले अवलोकन गरेका थिए भने ५० लाख बढीको आर्थिक कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij