२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमले निराश बनायो : एमाले

शुक्रवार , जेठ २६, २०८०

रुपन्देही, २६ जेठ ।
लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नै नगरी ल्याइएकाले यसबाट प्रदेशको समृद्धि सम्भव नभएको जनाएको छ ।

एमाले लुम्बिनी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले अहिलेको नीति तथा कार्यक्रम सतही रुपमा आएको टिप्पणी गर्दै समग्र विषयवस्तु नै कार्यान्वयनमुखी नभएको जनाएका छन् ।

‘प्रदेशको समृद्धिका जुन आधार थिए, तिनलाई साकार बनाउने खालका कार्यक्रम बनाउनुपर्ने थियो, त्यसमा ध्यान दिइएको पाइएन, यसले निराश बनाउने काम गरेको छ । यसरी कसरी नागरिकलाई प्रदेश सरकारको महसुस हुन्छ’–गिरीले भनेका छन् ।

उनले भने, ‘प्रदेशको समृद्धिका जुन आधार थिए तिनलाई साकार बनाउने खालका कार्यक्रम बनाउनुपर्ने थियो त्यसमा ध्यान दिइएको पाइएन । बरु यसले निराश बनाउने काम गरेको छ । अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन गरेको पनि पाइएन । ’