images

शनिवार, बैशाख २२ गते २०८१

‘कुर्सी’ र ‘डर’ फोबिया

‘कुर्सी’ र ‘डर’ फोबिया

images
images
images
शुक्रवार, जेठ २६ २०८०
शुक्रवार, जेठ २६ २०८०
  • ‘कुर्सी’ र ‘डर’ फोबिया

    वर्तमान अवस्थामा नेपालको राजनीति कता तिर गइरहेको छ ? हामीहरुलाई अनुमान गर्न पनि गारो भएको छ । गारो यस कारणले भएको छ कि संसदीय गणीत  कहिल्यै स्थिर अवस्थामा रहन सकेन । प्रमुख ठूला दुई दलललाई तेस्रो ठूलो दलले कहिले आफुतिर तान्ने । धकेल्ने खेल खेलिरहेछन् । कस्तो अचम्म छ, नेपाली जनताको नीयति !! यो पाँच वर्ष यिनीहरुकै कुख्यात खेल हेर्ने विवश छौ हामी । 
    संविधान पूर्ण रुपमा विफल भएको निष्कर्ष निकाल्न सकिन्छ । यसलाई सफल बनाउन यसको संसोधन संविधान अन्तर्गत नै रहेर गर्न सकिन्छ तर यसतर्फ कुनै पनि दलको इच्छा छैन । उनीहरु यही संविधानलाई महान र अग्रगामी संविधान भन्दैछन् – यही संविधान यही अवस्थामा रह्यो भने देशको अकालमै मृत्यु हुन्छ ।

    images
    images
    images

    जसले जे सुकै भनाेस् देश बनाउने देश भित्रको राजनीतिले नै हो । राजनीति गर्ने नेताहरु इमान्दार र स्वच्छ छबि भएको हुनु पर्ने पहिलो सर्त हो । पाँच पटक भएका र तीन पटक भएका प्रधानमन्त्रीहरु छन् , कार्यकारी अधिकार व्यापक भएपनि नीरिह दुःखी र पीडित छन् ! उनीहरुको महान पीडा छ कुर्सी हट्छ कि भनेर ! ‘कुर्सी’ हट्ने कुर्सी फोवियाले पीडित यिनीहरु गणतन्त्र, लोकतन्त्र, समावेशी संघियताको अन्तर्गत व्याख्या गर्न कही कतै कसर बाँकी राख्तैनन् । ‘कुर्सी फोबियाको’ औषधी गर्न पनि चाहदैनन् । यसको खास रहस्य के हो ? गहन अनुसन्धान विश्लेषण र मनन गर्ने कुरा एक ठाउँमा होला, तर यिनीहरुसँग डर फोयिबा पनि छ । यो कुनै एक या दुइ पार्टीमा मात्र लागू हुँदैन, ठूला दल सबैमा लागू हुन्छ ।

    कुर्सी फोयिबा र डर फोयिबा एकै भएपछि कुनै पनि ठूला दलले यो संविधान संसोधन गर्न र फेर्न चाअदैनन् । यिनले आ–आफ्नो कार्यकालमा देशलाई कंगाल पार्ने काम गरेका छन् र गरिरहेका छन् । चाहे त्यो लाउडा होस्, विमानस्थल निर्माण होस्, यसका प्रमाण छैन, प्रमाण पाउन जाँचबुझ गर्नुुपर्छ – यो उनैको हातमा छ । एउटाको शुरु गरौं अर्को पनि फस्छ – यसैले त भ्रष्टाचारको मूल जरो जहींबो त्यही हुन्छ चाहे त्यो ललितानिवास प्रकरण होस् वा ओम्नी ।

    २०६२/६३ को जनआन्दोलनले ल्याएको परिवर्तनलाई संविधान निर्माण रुपी बुख्याचा देखाई नेपाली जनतालाई उल्लू बनाएर पुरै नाङ्गो पारे । विश्व व्यापिरुपमा सरकारी संयन्त्र नै मान्छे बेच्ने धन्दामा लाग्यो । यो भन्दा पतनको अर्को बाटो के छ ? अभियोग लगाउने, अभियोग गर्ने र त्यसको छिनोफानो गर्ने सबै एक ठाउँमा भएपछि सत्य तथ्य कसरी हाम्रो सामु आउला ? यसैले संसदमा पनि आवाज उठ्न थालेको छ –यो संविधान पूर्ण छैन । जनताद्वारा निर्वाचित प्रधानमन्त्री हुनुपर्दछ ।

     यो संघियता पनि आवश्यक छैन । स्थानीय निकायलाई बलियो बनाए लगे के हुन्छ ? भन्ने आवाजहरु उठिरहेछन् । नेताहरु भने मुन्टो गाडेर यो संविधानले दिएका छिद्र प्रयोग गरेर देश ध्वस्त पार्ने खेलमा छन् । यसलाई रोक्ने उपाय के छ ? सबैले बेलैमा सोचौ । कोशी प्रदेशको अवस्था हेर्नु ! कुन हदसम्म गएको छ। राजनीति, जातिय राजनीतिलाई अगाडि बढाइँदैछ । यसमा जजसको हात भएपनि दोष्नि चाही प्रमुख दलका नेताहरु नै हुन् भनेर अब शंका रहेन । यसैले कुर्सी फोविया नेताहरमा छ, जो सत्तामा भएपनि डर फोयिबाले गर्दा भ्रष्टाचार जस्ताको तस्तै रहनेछ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij