२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

न्यानो कपडा वितरण

मंगलवार , पौष २८, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, २८ पुस । 
    सामाजिक कार्यमा रहेको अन्तर्राष्ट्रिय संस्था लायन्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको स्मृति दिवस पारेर लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत क्लबले अतिविपन्न मजुवा सिरान टोलस्थित सुर्योदय आधारभुत विद्यालयमा अध्ययरत कक्षा १ देखि ५ सम्मका १ सय ५ विद्यार्थीहरुलाई न्यानो कपड़ा वितरण गरेको हो । 

    एक समारोहकाबीच विद्यालय परिसरमा डिस्ट्रिक जिएलटिी कोर्डिनेटर उमंग देवकोटा, इभ्यालुसन टीम मेम्बर राधिका भुसाल, डिष्ट्रिक डिपार्टमेन्ट चिफ एमजेएफ कोपिला रसाइली, डिस्ट्रिक डिपार्टमेन्ट चिफ अमृता कालिराज, रिजन चेयरपर्सन सिता भट्टराई, डिस्ट्रिक मेम्बर अनामिका घिमिरे, डिस्ट्रिक मेम्बर लक्ष्मी अधिकारी, कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष कमला क्षेत्री, क्लबका सचिव सुमन पछाईले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । 

    विद्यालयका प्रधानाध्यापक इन्दिरा अर्यालले विपन्न वर्गका बालबालिका अध्ययनरत विद्यालयको स्तर वृद्धिमा यहाँका सामाजिक संघ–संस्थाबाट सहयोग मिलेको बताए । क्लबका अध्यक्ष तुल्सा न्यौपाने सिंहले वार्षिक कार्यक्रम अन्तरगत संस्थाबाट नमुना कामहरु गर्दै आएको बताइन् ।