२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम जेठ २६ गते

बुधवार , जेठ २४, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • रुपन्देही, २४ जेठ । 
    लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा जेठ २६ गते प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।

    प्रदेशले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ । त्यसै गरेर बैठकले आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तान्रण अन्तर्गत समपूरक बजेटमा हेरफेर गर्ने निर्णय समेत गरिएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।