
मंगलवार , जेठ २३, २०८०
काठमाडौं, २३ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले बजेट निर्माण गर्ने क्रममा संसदको निगरानी बढाउनुपर्ने बताएका छन् । राजस्वका दर निर्धारण गर्दा ‘मुसा’ पसेको भन्दै सांसद भट्टराईले संसद्को निगरानी आवश्यक रहेको धारणा राखे ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले उक्त धारणा राखेका हुन् । अघिल्लो वर्ष पनि बजेटमा मुसा पसेको र यस वर्ष पनि उक्त आशंका भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij