
मंगलवार , जेठ २३, २०८०
भैरहवा, २३ जेठ ।
रुपन्देही प्रहरीले ११ लाख बराबरको अवैध सामान (टायल र पेन्ट) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सोमबार सिद्धार्थनगर नगरपालिका–७ स्थित आवारोडबाट अवैध टायल बरामद गरेको हने ।
भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी लु १ ह २६४२ नम्बरको अटोरिक्सामा भारत जिल्ला महाराजगंज थाना फरेन्दा घर भइ हाल सिद्धार्थनगर–१३ बस्ने २४ वर्षिय औरेन्द्र चौहानले ल्याउँदै गरेको ४ लाख ४० हजार मूल्य बराबरको २४ पेटी टायल बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । बरामद गरिएको अटोरिक्सा चालक, अटोरिक्सा र टायल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका–१ स्थित भगवानपुरबाट अवैध पेन्ट र टायल बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी लु १ च ३५२२ नम्बरको बोलेरो पीकअपमा ल्याइएको काठको ढोका ५ वटा, पेन्ट (कलर) ३ बाल्टी (५० लिटर) र टायल ४० पेटी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको ७ लाख ७ हजार ७ सय रुपैयाँको ढोका, पेन्ट (पीकअपसहित) आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको डीएसपी अर्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij