images
images

सोमवार, जेठ ७ गते २०८१

१ नम्बर टेक्नोलोजी सेवाप्रदायक बन्ने अभियानमा लागेका छौं : टुना टेक्नोलोजी

१ नम्बर टेक्नोलोजी सेवाप्रदायक बन्ने अभियानमा लागेका छौं : टुना टेक्नोलोजी

images
images
images
सोमवार, जेठ २२ २०८०
सोमवार, जेठ २२ २०८०
  • १ नम्बर टेक्नोलोजी सेवाप्रदायक बन्ने अभियानमा लागेका छौं : टुना टेक्नोलोजी

    रुपन्देही, २२ जेठ ।
    टुना टेक्नोलोजीले नेपालको १ नम्बर टेक्नोलोजी सेवा प्रदायक बन्ने अभियानमा लागेको दावी गरेको छ। हामी स्थापनाको छोटो अवधिका सूचना प्रविधिका उपभोक्ताको मुख्य रोजाइमा पर्न थालेका छौं अब छिट्टै नै नेपालको उत्कृष्ट सुचना प्रविधिको सेवा प्रदायकको रुपमा अगाडी स्थापित हुनेछौं, ’कम्पनीका अध्यक्ष गणेशचन्द्र पोखरेलले भने ।

    images
    images
    images

    व्यवसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइट तथा सूचना प्रविधि सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले २०७८ मा स्थापना भएको कम्पनी गुणस्तरीय सेवाकै आम उपभोक्ताको मन जित्न सफल भएको पोखरेलको दावी छ । करिब १० करोड रुपैयाँ लागतमा स्थापित भएको कम्पनीमा २५ जना कर्मचारीहरुले रोजगार दिएको छ । स्वदेशमा काठमाडौं र विदेशमा सिड्नी अष्ट्रेलियामा शाखा कार्यालय रहेको छ ।

    तिलोत्तमा नगरपालिकाको योगिकुटीमा मुख्य कार्यालय रहेको टुना टेक्नोलोजीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष पोखरेलले आईटी सेक्टरको कम्पनी लुम्बिनी प्रदेशमा स्थापित भएर सेवा दिंदै आएको बताए । उनले दक्ष युवाहरुलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका विद्यार्थीहरुलाई ईनहाउस ईन्टेसिभ गराउने कार्य गर्दै आएको बताउँदै सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिएको बताए ।

    कार्यक्रममा प्राविधिक टीम प्रमुख (सिटिओ) सर्वजित मिश्राले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताए । नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने भन्दै आफ्नै डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहे पनि भविष्यमा हुनसक्ने बताए । उनले सुचना प्रविधि प्रयोग गर्न नजान्दा असुरक्षित हुने बताउँदै आफूहरुले तयार गर्ने प्लेटफर्म सरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको र सेवा प्रयोगकर्ताहरुलाई समेत आफुहरुले आवश्यक तालिमहरु दिदै आएको बताए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले ब्यक्तिगत र व्यवसायिक दुवै प्रकारका एकाउन्ट बनाएर सेवा दिदै आएको बताए  । 

    गौतमकाअनुसार कम्पनीको मुख्य तीनवटा सफ्टवेयरहरु टुना ईआरपी, एचएमएस र साझा मेनु बजारमा लन्च भइसकेको छ । विशेष गरी बजारको मागअनुसार उत्पादन, होटल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरी फरकफरक क्षेत्रका सफ्टवेयर चलेको छ । बजार प्रतिनिधि तयार गरेर मागअनुसारको उत्पादन गर्दै आएको उनले बताए । सरकारी कार्यालयमा समेत सेवा दिदै आएको छ ।

    डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ । सर्भरको विदेशीको लिनुपर्ने बाध्यता रहेको छ । टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको उनले बताए । यसैगरी भित्री रुपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको उनले बताए ।

    कार्यक्रममा सञ्चालक धुव न्यौपाने, ई. प्रदिप भण्डारी, जीवन कुँवर, दुर्गा भण्डारीले बजारको मागअनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताए । राजधानी काठमाडौं बाहिरबाट टुना टेक्नोलोजीले आईटी सफ्टवेयर सेवा दिंदै आएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij