२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

कृषिमा विदेशी लगानीबारे महासंघ, परिसंघ र चेम्बरद्धारा सरकारलाई सुझाव

मंगलवार , पौष २८, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • काठमाडौं, २८ पुस । 
    कृषिमा विदेशी लगानी भित्राउने सरकारी निर्णयबारे नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले विरोध गरेका छन् ।  कृषिमा वैदेशिक लगानी भित्राउदा नेपाली कृषक र उद्यमी मर्कामा पर्ने भएकोले सरकारलाई उक्त निर्णय सच्याउन माग गर्दै उनिहरुले संयुक्त धारणा निर्माण गरेका छन् ।

    सरकारले गत सोमबार राजपत्रमा प्रकाशित गरी कृषिमा विदेशी लगानी खुला गर्ने व्यवस्था गरेपछि उद्योग वाणिज्य महासंघ लगायत विभिन्न कृषि उद्यमसंग सम्बन्धित संघ–संस्थाले पनि विरोध जनाउँदै आएका छन् । सोही विषयमा ध्यानाकर्षण जनाउदै निजी क्षेत्रका तीनवटै व्यवसायिक संघ–संस्थाले सरकारलाई संयुक्त रुपमा दुई बुँदे सुझाव पेश गर्ने भएका छन् ।

    विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको सन्दर्भमा उक्त लगानीलाई प्रवद्र्धन गर्न सरकारले जनाएका विगतका प्रतिवद्धता पुरा गर्नु आवश्यक रहेकाले त्यससंग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउदा वा कुनै संशोधन गर्दा निजी क्षेत्रसंग अनिवार्य रुपमा छलफल गर्न र उच्चतम प्रविधि भित्राउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेरमात्र कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यावन्यनमा लैजान उनीहरुको सुझाव छ ।