२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बुटवलको सुख्खानगरमा नबिल बैंकको नयाँ शाखा विस्तार 

बिहिवार , जेठ १८, २०८०

  • 10.1K
    Shares
  • 10.1K
    Shares
  • रुपन्देही, १८ जेठ । 
    नबिल बैंक लिमिटेडले बुटवलको सुख्खानगरमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार सुख्खानगर शाखाको बुटवल उपमहानगरपालिका वडा नम्वर ८ का वडाअध्‍यक्ष यज्ञ प्रसाद पंगेनी र नबिल बैंक सिद्धबाबा क्लस्टर प्रमुख पदम राज उप्रेतीले संयुक्त रुपमा उद्‍घाटन गरेका हुन् ।

    कार्यक्रममा बैंकका सुख्खानगर शाखा प्रमुख दीपक बस्यालले बैंकको बारेमा जानकारी गराएका थिए । यसअघि बैंकले केन्द्री स्तरमाकार्यक्रम गरी डिजिटल उद्‍घाटन गरेको थियो । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले एकसाथ देशभर ३८ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याएको हो। 

    ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । 

    नबिल बैंककाअनुसार ३८ नयाँ शाखामध्ये सबै भन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा १, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्‍घाटन गरिएको हो ।

    ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सबल सुविधा लिन सक्ने बैंकको भनाइ छ ।