शुक्रवार, आश्विन ५ गते २०८०

नारायणगढ–बुटवल सडक विस्तारलाई ३१ अर्ब २ करोड 

नारायणगढ–बुटवल सडक विस्तारलाई ३१ अर्ब २ करोड 

images
images

खबर पात्रो

१५, जेठ २०८०
  • 329
    SHARES
  • नारायणगढ–बुटवल सडक विस्तारलाई ३१ अर्ब २ करोड 

    काठमाडौं, १५ जेठ ।
    पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । 

    नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । कमला–ढल्केवर–पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ । नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू उनले बताएका छन् । पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन् ।

    images
    images

    नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।

    images
    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - १९:४५:५८ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij