images

शनिवार, बैशाख ८ गते २०८१

उद्योगी–व्यवसायीको गुनासो : सीमामा कडाइ नहुँदा मर्कामा पर्‍यौं

उद्योगी–व्यवसायीको गुनासो : सीमामा कडाइ नहुँदा मर्कामा पर्‍यौं

images
images
images
सोमवार, जेठ १५ २०८०
सोमवार, जेठ १५ २०८०
  • उद्योगी–व्यवसायीको गुनासो : सीमामा कडाइ नहुँदा मर्कामा पर्‍यौं

    भैरहवा, १५ जेठ ।
    उद्योगी–व्यवसायीले सीमा नाकामा कडाइ नहुँदा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । उनीहरुले सामान किनमेलका लागि सीमा पारी जाने कार्यलाई निरुत्साहित नगर्दासम्म स्वदेशी व्यवसाय प्रवर्द्धन हुन नसक्ने बताए ।

    images
    images
    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको खुल्ला सीमा नाका चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी–व्यवसायीले सीमा नाका खुकुलो हुँदा सहजै रुपमा सामान भित्रिएको बताए । उनीहरुले खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण राज्यको अर्थतन्त्र खस्केको र नेपालका उद्योगी व्यवसायी मर्कामा परेको बताए ।

    कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भारतबाट सामान अवैध रुपमा नेपाल भित्रिदा व्यवसायी अत्यन्त पीडामा गुज्रिएको बताए । उनले भने, ‘खुल्ला सीमाले मर्कामा परेका छौं ।’ अध्यक्ष श्रेष्ठले भारतीय फरेनी बजारले नेपालको व्यवसाय मर्कामा परेपछि कडाइ गर्न आग्रह गरिएको र आग्रहअनुसार अहिले कडाइ भएको भन्दै सुरक्षा निकायलाई धन्यवाद दिए । उनले अब सीमा पारीबाट बेलहिया नाका हुँदै सहज रुपमा सामान ल्याउने कार्यलाई निगरानी र नियन्त्रण गर्नुपर्ने बताए ।

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले विवाह, चाडपर्वका नाममा सहज रुपमा सामान नेपाल भित्रिरहेको बताए । उनले केही महिना अघि सीमा नाकामा कडाइ गरिए पनि अहिले त्यसो हुन नसकेको गुनासो गरे । उनले भने, ‘नेपालमा व्यवसाय धरासायी भएको छ । व्यापार गर्ने अवस्था छैन ।’

    तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले सीमा पारी सुनौली बजारमा करोडौंको कारोबार हुँदा नेपाली व्यवसायीका सटर बन्द हुँदै गएको बताए । उनले अब चुप लागेर बस्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘भन्सार तथा सुरक्षा निकाय संवदेनशील हुनैपर्छ ।’

    देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारीले भन्सार खुकुलो हुँदा व्यवसायी मर्कामा परेको र विस्थापित हुने अवस्थामा पुगेको बताए । उनले शहरका मुख्य स्थानका सटरहरु खाली हुँदै गएको बताए ।

    सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले सीमा नाकामा कडाइ गर्न आग्रह गरे । उनले भने, ‘सीमापारी सामान किन्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ ।’

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुल प्रसाद न्यौपानेले भन्सारमा गएर व्यवसायी आफै प्रशासनका कर्मचारी जस्तो चेकजाँच गर्ने बाध्य हुने बताए । उनले पछिल्लो समय राजस्व संकलनमा पनि कमी आएको बताए ।

    नाडा रुपन्देहीका कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारीले बीलबिजक बिना व्यापार गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । उनले भारतबाट लुकीछिपी सामान ल्याउने कार्यलाई रोक्न सीमा नाकामा चेकजाँचमा कडाइ गर्नुपर्ने बताए ।

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले अवैध सामान किन्ने व्यवसायीलाई संरक्षण नगर्ने बताए । उनले भारतबाट सामान नेपाल ल्याए प्रज्ञापनपत्र भर्न लगाउनुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामशंकर कान्दुले सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले उद्योग व्यवसाय नचल्दा मुलुकमा बेरोजगारी बढेको बताए ।

    व्यवसायी झबिन्द्र बेल्बासेले नेतृत्व तहमा बस्ने व्यक्ति इमान्दार हुनुपर्ने बताए । व्यवसायी अर्जुन प्रसाद जयसवालले इमान्दारीपूर्वक काम गर्न आवश्यक रहेको बताए । उनले भारतबाट बिना भन्सार सामान ल्याउन सकिन्छ भन्ने सोच रहेको बताए । व्यवसायी दुर्गा प्रकाश गुप्ताले भारतमा सामान किन्न जाँदैनौ भन्ने प्रण गर्न आफैबाट सुरुवात गर्नुपर्ने बताए ।

    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका सदस्य बसन्त पाण्डेले इमान्दारिता आवश्यक रहेको बताए ।
    व्यवसायी कृष्ण पाण्डेले सीमा नाकामा कडाइ गर्नुपर्ने बताए ।

    व्यवसायी दुर्गा प्रसाद उपाध्यायले नेपालमै गुणस्तरीय सामान पाउँदापाउँदै भारत किन जान्छौं भन्दै प्रश्न गरे ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले व्यवसायीले आफ्ना परिवारका सदस्यलाई सीमा पारी सामान किन्न जाँदैनन् भन्ने प्रण गर्न आवश्यक रहेको बताए ।

    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवालीले नक्कली मदिरा बनाउँदा भारतबाट नक्कली स्टीकर ल्याइएको र यसले राजस्व चुहावट भएको बताए । व्यवसायी उमेश अग्रहरीले भन्सार छलेर सामान भित्रिदा नेपाली व्यवसायी मर्कामा परेको बताए ।

    लुम्बिनी मनिचेञ्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेयले भारतीय बजारमा चिनी किन्ने नाममा अरु सामान पनि बोकेर ल्याउने गरिएको बताए ।

    व्यवसायी शिवम जैसवालले भन्सार कार्यालय कार्यालयभित्र मात्र केन्द्रीत रहेको गुनासो गरे । नेपाल टायल मार्बल्स एशोसियशनका अध्यक्ष शोभाकान्त पाण्डेले व्यवसायी असाध्यै मर्कामा परेको बताए ।

    व्यवसायी मधु उपाध्यायले सीमा पारीबाट अवैध रुपमा आउने सामान व्यवसायीले खरिद गर्न नहुने र धेरै मूल्यमा सामान विक्री गर्न नहुने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले चोरीपैठारी भएर सामान आउँदा व्यवसायी मर्कामा परेको बताए । उनले अवैध कारोबारलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले भने, ‘प्रहरी प्रशासनले एकतर्फी मात्र प्रयास गरेर हुँदैन । हामी सबैले सहयोग गर्नुपर्छ । ’

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नैतिकता, इमान्दारीता र सकारात्मक सोच आवश्यक रहेको बताए । उनले उपभोक्तालाई पनि सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । 

    सशस्त्र प्रहरी बल नेपाल नं. २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले पछिल्लो समय अवैध सामान बरामद गरिएको संख्या र परिमाण बढेको बताए । उनले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रमले अगाडी बढ्ने प्रेरणा दिने बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.ले एउटा निकायले अर्को निकायलाई दोष दिएर समस्या समाधान हुन नसक्ने बताए । उनले अवैध सामान खरीद गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले भने, सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ । स्थानीय सरकार, उद्योगी–व्यवसायीको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले तस्करीको सामान व्यवसायीले खरीद गर्न नहुने बताए । उनले खुल्ला सीमाका कारण व्यवस्थापनमा केही प्रयास गरिएन भन्ने कुरामा असहमति रहेको बताए । उनले भने, ‘जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ । अवैध कारोबारबारे सूचना दिनुहोस् । ’

    रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरले समस्याप्रति जिल्ला प्रशासन कार्यालय संवेदनशील रहेको बताए । उनले फरेनी बजार जाने कार्यलाई निरुत्साहित गरिएको बताए । उनले प्रहरी प्रशासनको सक्रियता बढेको बताए । उनले भने, ‘हामी सबै आ–आफ्नो ठाउँबाट इमान्दार बन्ने हो भने धेरै समस्याको समाधान हुन्छ । ’ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बताए ।

    IMG_8237.JPG
    IMG_8247.JPG
    IMG_8239.JPG
    IMG_8244.JPG

     

    IMG_8236.JPG
    IMG_8263.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij