images

बिहिवार, बैशाख १३ गते २०८१

घरभाडा छुट गर्न होटल व्यवसायीहरुको आग्रह

घरभाडा छुट गर्न होटल व्यवसायीहरुको आग्रह

images
images
images
आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • घरभाडा छुट गर्न होटल व्यवसायीहरुको आग्रह

    बुटवल, १४ जेठ ।
    आर्थिक संकटको वर्तमान समयमा रुपन्देहीका होटल व्यवसायीहरुले घरधनीलाई भाडा छुट गर्न आग्रह गरेका छन । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले विगत २ वर्षदेखि कोभिड–१९ संक्रमण र अहिले आर्थिक मन्दीका कारण समस्यामा परेको होटल व्यवसायीहरुलाई घरबहाल छुट गर्न आग्रह गरेका हुन् । संस्थागत पहलमा १४ जना घरधनीबाट २०–४० प्रतिशतसम्म छुट प्राप्त भएको उनले बताए । जटिल अवस्थालाई मध्यनजर गरी घर बहाल छुट गर्ने, बैंक ब्याजदर कम गर्ने र मुख्य घरभाडा कानून निर्माणमा जोड दिनुपर्ने उनले बताए । 

    images

    रुपन्देहीमा रहेकामध्ये ९० प्रतिशत भाडामा रहेका छन् । हाल संघमा १ हजार २ सय ३ जना व्यवसायीहरु संघमा आबद्ध छन् । जहाँ ५ हजार जनाले रोजगारी पाएका छन् । बुटवलबाट अस्थायी राजधानी सर्नु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुजस्ता व्यापार व्यवसायमा गिरावट आएको बताए । 

    यसैबीच संघको पहिलो बैठकले पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ । 
    कार्यक्रममा होटल व्यवसायी घरबहाल व्यवस्थापन समितिका संयोजक प्रेक प्रसाद भट्टराईले व्यवसायीलाई दैवीप्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए । 

    कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटकीय होटल रहेको बताए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडहरु छन । टाईगर, पवन प्यालेस र सिद्धार्थ भिल्लासा पाँचतारे ३ वटा होटल छन । चारतारे बुद्घ माया, कसाई र ड्रिमल्याड रिसोर्ट गरी ३ वटा र तीनतारे १२–१५ वटा छन् । अर्कोतर्फ ए लेभलका ३ सय होटलहरु छन् । बाँकी बजेट र डाउनटाउन लेभलका होटल छन् ।पर्यटन क्षेत्रमा कुल ३० खर्ब भन्दा बढी लगानी रहेको उनले दावी गरे । ठूला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरेर बनाईएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुँदा पर्यटन व्यवसाय ठप्प छ । सञ्चालन खर्च समेत चलाउन नसक्ने अवस्था छ । वार्षिक २–३ अर्ब क्षति व्यहोर्नुपर्ने अवस्था भएको हो । नाटासँग सहकार्यमा टुर प्याकेज चलाउने तयारीमा आफूहरु रहेको उनले बताए । 

    कार्यक्रममा संघका महासचिव अर्जुन थापाले होटल व्यवसायको भाडा न्यूनीकरणबाट टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसँगै व्यवसाय प्रवद्र्धनका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए । 

    कार्यक्रममा घरधनी रविलाल पोखरेलले धेरै व्यवसायीहरु पेशा छोड्न मनसायमा देखिएको बताए । खानाको गुणस्तर, बसाईको लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । अधुरा भौतिक पूर्वाधार, उपभोक्ताको क्रयशक्तिमा ह्रास आउनु जस्ता कारण पनि यसले प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडा सदस्य भरत पुरीले व्यवसायहरुबाट दबाब दिने र सरकारबाट नीतिगत रुपमा आवश्यक पहल जरुरी रहने बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij