२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

शनिवार , जेठ १३, २०८०

काठमाडौं, १३ जेठ । 
आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको १३ औं बैठक बस्न लागेको हो । बैठक ४ बजे बस्नेछ ।

आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

हिजोको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिने कार्यसूची रहेता पनि अचानक पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि नेकपा माओवादी केन्द्रका सांसदले गम्भिर आरोप लगाएको भन्दै बैठक विवादमा परेको थियो ।

एमालेले माओवादीले माफी नमागेसम्म संसद चलाउने नदिने अडान राखेपछि हिजो भएका पटकपटकको प्रयास असफल भइ बैठक नै बस्न नसकेपछि अन्ततः आज ४ बजे बोलाइएको हो । 

हिजोको बैठकमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आ.व. २०८०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख थियो । 

आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावना रहेको छ ।