२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

विभिन्न कार्यक्रम गरी महालक्ष्मी बैंकले मनायो २९ औं वार्षिक उत्सव

सोमवार , जेठ ८, २०८०

भैरहवा, ८ जेठ ।
महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरी २९ औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा शुक्रबार, शनिबार र आइतबार विभिन्न कार्यक्रम गरिएको बैंकका लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले बताए । जसअन्तर्गत शुक्रबार बैंकका सम्पूर्ण शाखाले साँस्कृतिक पोशाक कार्यक्रम गरेको गुप्ताले जानकारी दिए ।

WhatsApp Image 2023-05-21 at 5.29.39 PM (1).jpeg

त्यस्तै बैंकको मणिग्राम शाखाको आयोजनामा तिलोत्तमामा ‘महालक्ष्मी स्पोर्टस् डे’ कार्यक्रम गरिएको छ ।कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ ।

WhatsApp Image 2023-05-21 at 5.33.03 PM.jpeg

त्यस्तै प्रदेश कार्यालयकै आयोजनामा शनिबार भैरहवामा वित्तीय साक्षरता अभियान अन्तर्गत सचेतनामूलक र्याली निकालिएको छ । भैरहवा शाखा कार्यालयबाट सुरु भएको र्याली मिलनचोक, देवकोटाचोक, बुद्धचोक हुँदै पुनः भैरहवा शाखा कार्यालयमा पुगेर समापन भएको थियो ।

WhatsApp Image 2023-05-21 at 5.31.07 PM.jpeg

त्यसै गरी महालक्ष्मी विकास बैंक भैरहवा शाखाको आयोजनामा आइतबार बैंक परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २० युनिट रगत संकलन भएको भैरहवा शाखा प्रबन्धक कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

WhatsApp Image 2023-05-21 at 5.34.36 PM (1).jpeg

त्यस्तै आइतबार नै भैरहवा शाखाका कर्मचारीहरुको उपस्थितिमा केक काटेर वार्षिक उत्सव मनाइएको उनले बताए ।

WhatsApp Image 2023-05-21 at 5.35.31 PM.jpeg

नेपालमा १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकका ५ लाख बढी ग्राहकहरु छन् ।