images

बुधवार, बैशाख १२ गते २०८१

‘उद्योगी–व्यवसायीका समस्या समाधानका लागि हातेमालो गर्नुपर्छ’

‘उद्योगी–व्यवसायीका समस्या समाधानका लागि हातेमालो गर्नुपर्छ’

images
images
images
आइतवार, जेठ ७ २०८०
आइतवार, जेठ ७ २०८०
  • ‘उद्योगी–व्यवसायीका समस्या समाधानका लागि हातेमालो गर्नुपर्छ’

    भैरहवा, ७ जेठ ।
    उद्योगी–व्यवसायीका समस्या समाधानका लागि हातेमालो गदैै अघि बढ्नुपर्नेमा चेम्बर अफ कमर्सका पदाधिकारी र सदस्यहरुले जोड दिएका छन् । स्याङ्जा चेम्बर अफ कमर्सले पुतलीबजार नगरपालिका–१ मा आयोजना गरेको अन्तर चेम्बर भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले साझा मुद्दामा मिलेर अगाडि बढ्नुपर्ने बताए ।

    images

    अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रम अन्तर्गत चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को टोेली शनिबार स्याङ्जा पुग्दा स्याङ्जा चेम्बर अफ कमर्सले उक्त कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीको हकहितका लागि साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले अन्तर चेम्बर भेटघाट कार्यक्रमले चेम्बर अफ कमर्सहरुबीच आत्मीयता बढ्ने बताए । उनले भने, ‘कोभिड–१९ महामारीपछि व्यवसायी पलायन भएका छन् । व्यापार व्यवसाय बचाउनुपर्छ ।’ अध्यक्ष ज्ञवालीले बुद्ध जन्मस्थल लुम्बिनीमा धेरै पर्यटक आउने र लुम्बिनीको भ्रमण गर्न स्याङ्जा चेम्बर अफ कमर्सलाई आग्रह गरे । उनले चेम्बर अफ कमर्स, रुपन्देहीले आफ्नै भवनमा कार्यालय सञ्चालन गरेको र विभिन्न स्थानीय तहलाई समेट्दै शाखा र सम्पर्क कार्यालय सञ्चालन गरेको बताए । संस्थामा हाल ५ हजार जना सदस्य आबद्ध रहेको उनको भनाइ छ । 

    स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोक नाथ रेग्मीले एउटै उद्देश्य लिएर अघि बढेका चेम्बर अफ कमर्सबीच अझ बलियो सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे । उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘उद्योगी व्यवसायीको आवाज बुलन्द गर्ने हाम्रो उद्देश्य हो । अन्तरचेम्बर भेटघाट कार्यक्रमले अफ फराकिलो सम्बन्ध स्थापना गर्ने मौका प्रदान गरेको छ ।’ उनले मुलुकमा व्यवसाय फस्टाउने र सबैले गरिखाने वातावरणको सिर्जना हुनुपर्ने बताए ।

    स्याङ्जा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङले चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको बताए । उनले एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘स्याङ्जा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको जिल्ला हो । यहाँका पर्यटकीय स्थलको भ्रमण गर्न म आग्रह गर्दछु ।’

    चेम्बर अफ कमर्स, रुपन्देहीका उद्योग उपाध्यक्ष एवं अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमका संयोजक रामचन्द्र रेग्मीले उद्योग व्यवसायलाई अघि बढाउन चेम्बर अफ कमर्सबीच सहकार्य आवश्यक रहेको बताए ।

    स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोक नाथ रेग्मीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङको स्वागत तथा महासचिव ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij