२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

अनावश्यक कार्यालय र संघ संस्था खारेज गरिने

शुक्रवार , जेठ ५, २०८०

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • काठमाडौं, ५ जेठ । सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालय खारेजी  गर्ने भएको छ ।

    संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरू एक आपसमा गभिने वा खारेज गर्ने बताए ।

    खारेज भएका वा गाभिएका संस्थाको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने उनले बताए ।

    अध्ययनको आधारमा बन्द वा रुग्न भएका सार्वजनिक संस्थाको पुनःसंरचना, पुनर्स्थापना, पुनरोउत्थान गरिने उनको भनाइ छ ।