२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने

शुक्रवार , जेठ ५, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ५ जेठ । सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।

    सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् ।

    साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि जानकारी दिए ।