२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गरिन्छ : मुख्यमन्त्री पोखरेल

आइतवार , पौष २६, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • दाङ, २६ पुस ।
    दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सिटी स्क्यान सेवा र क्वार्टर भवन एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उक्त भवनको उद्घाटन गर्दै अस्पताल जस्तो क्षेत्रको जमिन अतिक्रमणमा पर्नु भनेको दुःखद भएको र सबै नागरिक र समाजहरुले अतिक्रमणबाट हटाउने कुरामा सहयोग गर्न आग्रह गरेका छन् । साथै राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकारले परियोजना तयार गरेको समेत बताए  । 

    राप्ती प्रादेशिक विशेषज्ञ अस्पताल कस्तो बनाउने भन्ने विषयमा कम्तिमा पनि २० वर्षपछिको आवश्यकता, सेवालाई हेरेर योजना बनाउन सुझाव दिएका छन् । यहाँ आउने बिरामीहरुलाई कस्तो सेवा दिने र बिरामीहरुलाई सन्तुष्टिले नै चिकित्सकको क्षमतामा सहयोग पुर्याउने कुरामा मुख्यमन्त्री पोखरेलले जोड दिए । 

    मुख्यमन्त्री पोखरेलले उपकरण र चिकित्सक हुँदाहुदै पनि उपचारमा आएका बिरामीलाई रिफर गर्ने गरेको गुनासाहरु आउने गरेको बताउँदै रिफर गर्ने कार्यलाई रोकी त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन अस्पताल विकास समितिलाई आग्रह गरे । साथै अस्पताललाई कसरी विकास गर्ने भन्ने विषयमा पनि यहाँका जिम्मेवार चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिलाई यही वर्षदेखि मास्टरप्लान बनाउन उनले आग्रह गरे । उद्घाटन कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।