२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

सेयर बजार २३.३९ अंकले वृद्धि

बुधवार , जेठ ३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ३ जेठ । सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ।

    बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको कारोबार भएको छ ।

    सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसैगरी, नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    सकारात्मक सर्किट लेभलमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत अर्थात् ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।