images

शनिवार, बैशाख १५ गते २०८१

आर्थिक मन्दीको प्रभाव : सिद्धार्थनगरमा महिला लक्षित कार्यक्रम कटौती 

आर्थिक मन्दीको प्रभाव : सिद्धार्थनगरमा महिला लक्षित कार्यक्रम कटौती 

images
images
images
बुधवार, जेठ ३ २०८०
बुधवार, जेठ ३ २०८०
  • आर्थिक मन्दीको प्रभाव : सिद्धार्थनगरमा महिला लक्षित कार्यक्रम कटौती 

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गर्ने भनेको महिला लक्षित कार्याक्रम बजेट अभावका कारण कटौती हुने अबस्थमा पुगेको छ । नगरपालिकाले नगरसभाबाट महिला लक्षित कार्यक्रमका लागि २० लाख रुपैया छुट्टाएको थियो । तर, बजेट अभावका कारण नगरपालिकाले बैशाखको अन्तसम्म १/२ वटा मात्र कार्यक्रम गर्न सफल देखिएको छ ।

    images

    नगरपालिकाले पालिकास्तरबाट गर्ने महिला लक्षित कार्यक्रम अन्तरगत ५ लाख बराबरको जुत्ता, चप्पल बनाउने कार्यक्रम तथा महिला पत्रकारहरुका लागि खोज पत्रकारिता तालिम बाहेक अन्य कार्यक्रम गर्न सकेको छैन् ।

    नगरपालिकाले ३० जना महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम दिईरहेको छ । तालिम ग्लोबल ट्रेडिङ सेन्टरले प्रदान गरिरहेको छ । 
    बजेट अभावका कारण अन्य कार्यक्रम जस्तै महिला लक्षित कार्यक्रमहरु पनि प्रयाप्त मात्रामा गर्न नसकिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

    उनले आन्तिरिक श्रोत अन्तरगत उठाउने भनिएको राजश्व लक्ष्य राखिएको भन्दा अत्यन्तै न्युन संकलन भएका कारण थुप्रै कार्यक्रम कटौटी गर्नु परेको बताए । उनले भने “हामीले यस आर्थिक बर्षमा २३ करोड रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखेका थियो, बैशाखको अन्तसम्ममा १० करोडको हाराहारीमा मात्र आन्तरिक तर्फको राजश्व उठेको छ, अनि कसरी कार्यक्रम संचालन गर्ने ? ठुलो अन्योलमा परेका छौं ।”

    सिद्धार्थनगर नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख यादवप्रसाद सापकोटाले महिला लक्षित कार्यक्रमहरु बिगतका बर्षहरुको तुलनामा निकै कम रहेको बताए । उनले जुत्ता, चप्पल बनाउने तालिम संचालनको अबस्थामा रहेको र केहि कार्यक्रम सञ्चालन हुने तयारी अबस्थामा रहेको बताए । 
    नगरपालिकाले २० जना महिलाहरुको लागि रिसेप्सनिष्ट तालिमको आयोजना गर्दै छ ।

    पहिलो पटक निकालिएको सुचनामा नगरपालिकाले माग गरे जति महिलाहरु तालिम लिन आबेदन नदिएका कारण पुन सुचना गरेर माग गरिएको संख्या पुरा भएपछि तालिम संचालन गरिने बताए ।उनले वडास्तरबाट छुट्टाइएका महिला लक्षित कार्यक्रमहरु भने केहि सम्पन्न भईसकेको रहेको केहि संचालनको चरणमा रहेको बताए ।

    वडाहरुले व्युटिपार्लर, सेनेटरी प्याड बनाउने तालिम, सिलाई कटाई लगाएतका तालिमका कार्यक्रमहरु सम्पन्न भएका छन् । अधिकांश वडाहरुले व्युटिपार्लर तालिम दिएका छन् ।

    त्यस्तै सिद्धार्थनगरपालिकाले महिलाका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । नगरपालिकाले सञ्चालन गरेको उक्त तालिममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत लगाएतले प्रशिक्षण दिएका थिए ।

    लोकसेवा तयारी कक्षा लिएपछि महिलाहरुले लोकसेवा परिक्षामा भाग लिदा उत्तिण हुन सहज हुने र सरकारी सेवामा प्रबेश गर्न सजिलो होस भन्ने हेतुले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख उमा अधिकारीको भनाई छ । उनले महिलाहरुलाई स्वरोजगार बनाउन तथा उद्यमशिल बनाउनका लागि पालिकाले बिभिन्न कार्यक्रम गरिरहेको बताईन । उनले बजेटको अभावका कारण बिनियोजन गरिएको बजेट अनुरुप कार्यक्रम गर्न असमर्थ रहेको उल्लेख गरिन ।

    नगरपालिका भित्रका महिलाहरुलाई सचेतना जगाउन तथा सीपमूलक कार्यक्रम समावेश गर्न यस्ता कार्यक्रमले टेवा पुर्‍याउने बताईन ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij