२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

आइतवार , पौष २६, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २६ पुस ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र लायन्स क्लब अफ भैरहवाको संयुक्त आयोजनामा विपन्न परिवारलाई खाद्यान्न, सिरक, कम्बल, त्रिपाल तथा विभिन्न सामाग्री वितरण गरिएको छ । 

    लायन्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्स डे को अवसर पारेर बढ्दो जाडोयामलाई मध्यनजर गर्दै रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ का २५ घरपरिवारलाई एक लाख ५० हजार बराबरको सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी सर्भिस चेयरपर्सन सीता भण्डारीले बताइन् ।

    कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले हामी सेवा गर्छौं भन्ने नाराका साथ लायन्स क्लबहरुले सामाजिक क्षेत्रमा काम गरिरहेको बताए । उनले रेडक्रसको भुमिका महत्वपूर्ण रहेको चर्चा गरे ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ एमजेएफ महेशचन्द्र थापा, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीकी कोषाध्यक्ष रुपमा हिराचन, रेडक्रस सोसाइटी रुपन्देहीका कार्यालय प्रमुख कृष्ण मल्ल, लायन्स क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष गणेश बहादुर क्षेत्री, लायन्स डिपार्टमेन्ट चिफ सीता श्रेष्ठ, लायन्स क्लब अफ लुम्बिनी मर्चवारका संस्थापक सचिव चन्दन तिवारी लगायतको उपस्थिति रहेको थियो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष दुर्गा आचार्यको अध्यक्षता, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी कार्यवाहक अध्यक्ष माया सारु मगरको स्वागत, लायन्स टुलिपकी  सचिव निर्मला श्रेष्ठको ध्वजा अभिवादन तथा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।