
बुधवार , बैशाख २७, २०८०
काठमाडौं, २७ वैशाख ।
आज प्रि बजेटका बारेमा सांसद्हरुले राखेका धारणाका बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिदैछन् ।
गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसद्हरुले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
गत वैशाख २५ देखि प्रि बजेटका बारेमा छलफल भएअनुसार सांसद्हरुले आ–आफनो धारणा राखिसकेका छन् । अर्थमन्त्री डा. महतले राष्ट्रिय सभामा सांसद्हरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए । गत बुधवार बसेको नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।
शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताकाबीचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij