२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देहीमा अवैध ४२ बोरा चिनी बरामद

मंगलवार , बैशाख २६, २०८०

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • भैरहवा, २६ वैशाख ।
    रुपन्देही प्रहरीले अवैध ४२ बोरा चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मंगलबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीबाट अवैध चिनी नियन्त्रणमा लिएको हो ।

    भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी अवैध रुपमा ल्याई लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले अन्दाजी मूल्य १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको ४२ बोरा (प्रतिबोरा ५० केजी) बरामद गरेको हो ।

    बरामद गरिएको चिनी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता÷सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपक कुँवरले बताए ।