२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उद्योग वाणिज्य महासंघअन्तर्गत उद्योग समितिको सभापतिमा राजेश अग्रवाल

मंगलवार , बैशाख २६, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • रुपन्देही, २६ वैशाख ।
    नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिको सभापतिमा राजेश कुमार अग्रवाल चयन भएका छन् । रुपन्देही निवासी उद्योगी अग्रवाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सभापतिमा नियुक्त गरेका हुन् ।

    अग्रवाल अर्घाखाँची, सिद्धार्थ सिमेन्ट, श्री स्टील, एसियन कन्क्रिटो,  मिलानो चप्पल उद्योगलगायतका उद्योगमा आबद्ध छन् । 

    उनी नेपाल उद्योग वाणिज्य महासंघमा दुई कार्यकाल सदस्य भइसकेका छन् । तेस्रो कार्यकालमा उनी उद्योग समितिको सभापतिमा चयन भएका हुन् ।

    उद्योग समितिको सभापतिमा चयन भएका अग्रवालले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) अन्तर्गतको उद्योग समितिको सभापतिमा मनोनयन गर्नुभएकोमा आदरणीय अध्यक्षज्यूप्रति आभारी छु । हजुरले गरेको विश्वासलाई आफÞनो कार्य क्षेत्रमा पूर्ण योगदान गर्ने वाचा गर्दछु ।’