
आइतवार , बैशाख २४, २०८०
काठमाडौं, २४ वैशाख ।
संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद् भवन बानेश्वरमा बस्नेछ ।
संघीय संसद् भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेसन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन् भने अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।
साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आब २०८०÷८१ का लागि बिनियोजित बिद्येयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij