
शनिवार , बैशाख २३, २०८०
भैरहवा, २३ वैशाख ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा शनिबार भैरहवामा एकदिने व्यवस्थापकीय लेखा तालिम सम्पन्न भएको छ । वार्षिक कार्ययोजनाअनुसार तालिम सञ्चालन गरिएको संगठनका महासचिव सचिन रोक्काले बताए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले प्रत्येक वर्ष यस्तो तालिम आयोजना गर्दै आएको बताए । उनले व्यवसाय सञ्चालन गर्नुअघि पनि धेरै कुरा जान्नुपर्ने भएकाले यो तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘व्यवसायीलाई करसम्बन्धि जानकारी हुनु आवश्यक छ, त्यसैले तालिम आयोजना गरिएको हो ।’
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिमबहादुर खत्रीले औपचारिक शिक्षासँगै आफूले काम गर्ने क्षेत्रका बारेमा दक्षता तथा ज्ञान आवश्यक रहेको बताए । उनले भने, ‘व्यवस्थापकीय लेखा तालिम आवश्यक छ । ’
तालिमका प्रशिक्षक गोविन्द प्रसाद रेग्मीले प्रत्येक वर्ष आर्थिक विधेयकमा केही न केही परिवर्तन हुने भएकाले यसबारे जानकारी हुन आवश्यक रहेको बताए । उनले तालिममा कर, ले्खासम्बन्धी आधारभूत कुराहरुलगायत विषयमा जानकारी गराइएको बताए ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक तथा संगठनका सचिवालय सदस्य सुरेन्द्र पाण्डेको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा भएको तालिममा ४९ जनाको सहभागीता रहेको संगठनका सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij