२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

राष्ट्रपतिले आफनो उपचार खर्च आफै व्यहोर्ने

मंगलवार , बैशाख १९, २०८०

काठमाडौं, १९ वैशाख । 
राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै व्यर्होने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफनो खर्च आफै व्यहोर्ने भएका हुन । 

‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छातीमा जमेको पानीमा संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित  अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि वैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचारपछि राष्ट्रपति पौडेल आइतबार राती स्वदेश फर्केका हुन ।