२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य 

मंगलवार , बैशाख १९, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १९ वैशाख । 
    भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेसन  (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । 

    निगमका अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोहीअनुसार घटेको मूल्य निगमलाई पठाएको हो । 

    डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित विधिवाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन ।
    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।