२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

वित्तीय साक्षरता लिएर मुक्तिनाथ बैंक जनताको घरदैलोमा 

आइतवार , बैशाख १७, २०८०

  • 9.8K
    Shares
  • 9.8K
    Shares
  • भैरहवा, १७ वैशाख ।
    वित्तीय साक्षरताको अभियान लिएर मुक्तिनाथ विकास बैंक जनताको घरदैलोमा पुगेको छ । बैक तथा वित्तीय साक्षरताको अभिवृद्धि गदै सहज रुपमा जनतालाई बैंकिङ्गसँग जोड्नका लागी भन्दै बैकले वित्तीय साक्षरता लिएर जनताको घरदैलोमा पुगेको हो । 

    ‘जनता बैकमा होइन कि बैक जनताको घरघरमा पुग्नुपर्छ’ भन्ने मूल नाराकासाथ स्थापना भएको मुक्तिनाथ विकास बैकले आफ्नो नाराअनुसार घरघरमा पुगेको बैंकले जनाएको छ । बैंकले नेपाल राष्ट्र बैकको यस आर्थिक वर्षलाई विद्युतीय भुक्तानीको कारोबार प्रबद्र्धनको रुपमा मनाउने अभियान अनुसार केन्द्रिय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयहरुमार्फत बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । 

    वित्तीय साक्षरता, विद्युतीय भुत्तानी कारोबार प्रवद्र्धन गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्डको प्रयोग गरी नेपालभर रहेका भीसा नेटवर्कमा आबद्ध कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामा नै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामार्फत भौतिक रुपमा उपस्थित नभइ घरबाट नै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ । 

    वित्तीय साक्षरता अभियानअन्र्तगत देशभरका विभिन्न स्थान, विद्यालय तथा कलेजहरु, समुदाय केन्द्र तथा अन्य सार्वजनिक स्थलहरुमा शुक्रबार र शनिबार गरी दुईदिन घरदैलो कार्यक्रम सम्पन्न गरेको बैकका बुटवल शाखा प्रमुख कमल देवकोटाले जानकारी दिए । 

    बैंकको घरदैलो अभियानमा बैकका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृतलगायत बैकका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले जनताको घरदैलोमा नै पुगरे बैकिङ्ग प्रणालीमा बिद्युतिय भुक्तानीको कारोबार तथा बैकिङ्ग साक्षरतासम्बन्धी विभिन्न जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।