
शनिवार , बैशाख १६, २०८०
भैरहवा, १६ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता महेन्द्र यादवले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा साढे ९ लाख रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । यादवका निर्वाचन प्रतिनिधि खुम बहादुर बस्नेतले बुझाएको विवरण अनुसार सवारी इन्धन खर्चमा रु. ३ लाख, मनोनयन दर्तामा रु. ५ हजार, प्रचार सामान छपाईमा रु. ९० हजार, कार्यकर्ता खाना खाजामा रु. ५ लाख ४५ हजार र मतदाता नामावलीमा रु. १ हजार ५ सय गरी रु. ९ लाख ४१ हजार ५ सय खर्च भएको उल्लेख छ ।
जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता यादवले उक्त खर्च विवरण सार्वजनिक गरेका हुन् । उनी गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij