२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

लुम्बिनी उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा विजयी

शनिवार , पौष २५, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा। नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य कृष्णप्रसाद शर्मा महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा विजयी भएका छन्।

    शनिबार भैरहवामा सम्पन्न तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनबाट महासंघकै पुर्व केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठलाई अत्यधिक मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन्।

    शर्मा एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये २२ मत प्राप्त गरेका छन्। उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अन्य पदाधिकारी र सदस्य भने यसअघि नै निर्विरोध रुपमा चयन भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए। दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित आठ सदस्यीय समिति निर्विरोध भइसकेको हो। 

    sharma.jpg

    शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन भने श्रेष्ठ बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।