२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

  रुपन्देहीमा अवैध चिनी बरामद

शुक्रवार , बैशाख १५, २०८०

भैरहवा, १५ वैशाख ।
रुपन्देहीमा अवैध चिनी बरामद भएको छ । ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको टोलीले बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ स्थित रजाडबाट अवैध चिनी बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले १ लाख १२ हजार रुपैयाँ बराबरको २८ बोरा चिनी बरामद गरेको हो ।

बरामद गरिएको चिनी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।