२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बजाजको १२५ सीसीसम्मको बाइक खरिद गर्दा सामसुङ फ्रिज उपहार

बिहिवार , बैशाख १४, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १४ वैशाख ।
    बजाजले नयाँ वर्ष २०८० को अवसरमा विभिन्न अफरहरु ल्याएको छ । नेपालमा विगत २५ वर्षदेखि २ पांग्रे सवारीसाधन विक्री गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो ‘नेतृत्वको २५ वर्ष’ को  अवसरमा ग्राहकमाझ अफरहरु ल्याएको जनाएको छ ।

    बजाज कम्पनीको मोटरसाइकलको यस क्षेत्रका लागि आधिकारिक विक्रेता बज अटोमोबाइल्स प्रा.लि.ले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी अफरहरुबारे जानकारी गराएको छ ।

    बज अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक हरि बहादुर थापाले १२५ सीसीसम्मको बजाजको मोटरसाइकल (बाइक) खरिद गर्दा एउटा १९२ लिटरको सामसुङ फ्रिज सित्तैमा पाइने बताए । उनले यो अफर १२५ सीसी भन्दा माथिको मोटरसाइकलमा नरहेको उनले जानकारी दिए । ‘यो आवधिक योजना भएकोले लामो समय जादैन, केही दिनलाई मात्र यो योजना रहनेछ ’ उनले भने । उनले योजना कहिलेसम्म रहने भन्ने मिति नतोकेको जानकारी दिए ।

    त्यस्तै इस्टटेन्ट फाइनान्स अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउन पेमेन्टमै फाइनान्स सुविधा, ५० प्रतिशत डाउन पेमेन्टमा वार्षिक ६.९९ प्रतिशत ब्याजदरमा आकर्षक फाइनान्स सुविधा रहेको थापाले जानकारी दिए ।

    त्यसै गरी नयाँ वर्ष २०८० को अवसरमा स्पोर्टस् सेगमेन्ट (१५० सीसी भन्दा माथि) बाइक खरिद गर्दा रु. १० हजार नगद छुट प्रदा नगरिने उनले बताए ।

    त्यस्तै २५ जना भाग्यशाली विजेतालाई १ किलोग्रामका दरले चाँदी जित्ने मौका, हरेक दिन एक्सचेन्ज सुविधा र हरेका एक्सचेन्जमा बजार मूल्यांकन भन्दा रु. ५ हजार थप रहने उनले बताए । यो अफर नेपालभरीका सम्पूर्ण बजाज डिलरहरुमा उपलब्ध रहेको बज अटोमोबाल्स प्रा.लि.का व्यवस्थापक बलराम आचार्यले बताए ।