२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

भैरहवामा पन्छी पालन तथा पुर्नताजगी तालिम सुरु

बुधवार , बैशाख १३, २०८०

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १३ वैशाख ।
    निर्धन नक्साल काठमाडौंको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, भैरहवाको संयोजनमा बुधबारदेखि भैरहवामा तीनदिने पन्छी पालन तथा पुर्नताजगी तालिम सुरु भएको छ ।

    तालिममा भैरहवा शाखा अन्तर्गत सञ्चालित समूहका ३० जनाको सहभागीता रहेको आयोजकले जनाएका छन् ।
    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका सञ्चालक टोप बहादुर रायमाझीले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गरीबी निवारणमा काम गर्दै आएको बताए । उनले संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । उनले भने, ‘संस्थाले स्वदेशमै काम गर्नुपर्ने प्रेरणा दिएको छ ।’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले संस्थाले नाफा मात्र आर्जन नगरी सीपमूलक र उत्पादनमूलक कार्यक्रम गर्दै बताए । उनले गरीबी निवारणमा संस्थाले महत्वपूर्ण कार्य गर्दै आएको बताए ।

    निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लुम्बिनी प्रदेश प्रमुख परमेश्वर चौधरीले संस्थाले प्रत्येक वर्ष उत्कृष्ट अंक ल्याई कक्षा १२ उत्तीर्ण गर्ने संस्थाका सदस्यहरुका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्दै आएको बताए ।

    निर्धन उत्थान लघुवित्त वित्तीय संस्था भैरहवा शाखा प्रबन्धक लेखनाथ काफ्लेले आफूले खपत गर्ने मासु आफै उत्पादन गर्न सके बचत गर्न सकिने बताए ।  संस्थाका मनिषरत्न कोनाजुले संस्थाले आफ्नो उद्देश्यअनुसार नै काम गरिरहेको बताए ।

    संस्थाको पुराना सदस्य युग कुमारी सुनारको अध्यक्षता तथा विष्णु प्रसाद गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा २०७९ सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रिती विश्वकर्मा र आकाश चौधरी छात्रवृत्ति वितरण गरिएको थियो । त्यस्तै बीमा राहत रकम वापत मृतक परिवारलाई चेक हस्तान्तरण गरिएको थियो ।

    अखलेश गुप्तालाई रु. २ लाख ६० हजार र सध्या आलेलाई रु. ३० हजारको चेक हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । 

    निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, भैरहवा अन्तर्गत २ हजार १ सय ८३ जना सदस्यहरु रहेका छन् ।