images

सोमवार, बैशाख १७ गते २०८१

नेपाली कांग्रेस कता ??

नेपाली कांग्रेस कता ??

images
images
images
सोमवार, बैशाख ११ २०८०
सोमवार, बैशाख ११ २०८०
  • नेपाली कांग्रेस कता ??

    नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो समाजवादी लोकतान्त्रिक दल हो भनेर भनिन्छ । नेपालको सन्दर्भमा यस्को औचित्य पुष्टि गर्न गारो पर्ने अवस्था आइपरेको छ । यसको जन्म वि.सं २००६  चैत २७ मा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको मिलाप भई एकिकरण भएको हो । यस पार्टीका संस्थापक वी.पी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेर हुन् । लोकतन्त्रका लागि अनवरत संघर्ष गरेका यस पार्टीका वर्तमान चरित्रले पुराना कांग्रेसलाई दिनमा सकस र रातमा ऐठन हुन थालेको भान हुन्छ । एक कार्यकर्ताले अर्कालाई सम्मान र आदर भावले हेर्ने भन्दा पनि प्रतिस्पर्धी नै ठानेर जाई लाग्ने गरेका घटनाहरु दिन दिनै बढेर गइरहेको छ । पार्टी भित्र यस्तो विचलन, द्वेषभाव र अहंकार को बोलबाला कसरी र किन दिन प्रतिदिन बढीरहेको छ त ? केन्द्रिय नेतृत्वले न यसको चिरफार गर्ने प्रयास गर्छ न निराकरण गर्न नै..? आखिर किन यस्तो भइरहेको छ त ? यसका सामाजिक, मनोवैज्ञानिक एवं राजनैतिक के के कारणहरु रहेका छन् त ? भनेर पार्टीले मंथन गरेको पाइएन र छैन ।

    images

    लोकतान्त्रिक पार्टीले आफ्नो लोकतान्त्रिक चरित्र देखाउन नसक्नु नै समस्या को मूल जड हो । पार्टी आफैं बोल्ने होइन तर नेतृत्व लिने व्यक्तिले दृढ इच्छा शक्ति राखेर अघि नबढ्दाको अवस्थाले वथोलिएको लोकतन्त्र झुण्ड तन्त्रमा परिणत हुन गइरहेको भान हुन्छ  । सर्वप्रथम आन्तरिक निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा भएन भनें विकृतिको शुरुवात त्यहीबाट शुरु हुन्छ । केन्द्रीय नेतृत्वले स्थानीय पार्टी निर्वाचनमा दखलअन्दाजी गरे पछि ठूलो राक्षसी प्रवृत्ति प्रवेश हुन्छ । हालसम्मको नेपाली कांग्रेसको इतिहासलाई सरसरती हेर्दा लोकतन्त्रको लडाईमा अब्बल देखिएपनि सत्ता प्राप्ती पछि चाही पूर्णता असफल नै भएको देखिएको छ । नेपाली कांग्रेसले तिन आम चुनावमा बहुमत ल्याएको हो तर यसले जनताको पक्षमा काम गर्ने सकेन । क्रान्तिकारी भूमिसुधार, कृषि सुधार एवं व्यापक रुपमा देशमा सुधार ल्याउन सकेन त्यसको प्रतिफल ऐले नेपाली जनताहरुले भोगिरहेका छौं । कम्युनिस्ट पार्टीहरु राप्रपा र अन्य दलले के गरे भन्ने यस लेखको सरोकारको विषय रहेन र छैन , यो उनीहरु कै समस्या हो । यहाँ सिर्फ नेपाली कांग्रेसको गलत नीतिका कारण देश र जनताले दुःख पाएको मात्र उल्लेख हुन्छ ।

    वि.सं २०४६ सालको सफल आन्दोलन पछि नेतृत्व गरेको कांग्रेसले त्यस पछिका वर्षहरुमा जुन जुनहर्कत ग¥यो र त्यो माफी योग्य पनि छैन । अरुलाई दोष लगाएर आफू चोखो हुन पाइदैन । हो वि.स. २०४७ पछि जति पटक यो सत्तामा गयो त्यति पटक जनताको मान मर्दन नै गरेको छ । यो महान प्रजातान्त्रिक पार्टीमा गोलबन्ध भएर बसेका जनमानसका भावनामा कुषरापात गरिदियो, विध्वंस नै भयो । त्यतिमात्र होइन, नेतृत्वको दौराको फेर समातेर हिंड्नेहरु आलिसान गाडी र महलमा देखिन थाले कमिसनका  जालोमा देश लटपटियो,  नेपाली कांग्रेसका लागि सर्वस्वहरण भएका र यस पार्टीका धुकधुकी स्वरुप ऐलेसम्म पनि जिवित अवस्था रहेका महान प्रजातान्त्रिक सेनानीहरुको हिजोका हुलडवाजहरुले मान मर्दन गर्न थाले । यो भन्दा कठोर अवस्था, चिन्ता र ह्रास अरु के हुन सक्छ र ? 
    ऐलेको अवस्था हेर्छु झन दिक्क लाग्छ –पार्टी भित्र पद, पैँसा र प्रतिष्ठा नपाए घुरक्याउने, धम्क्याउने गरेको देखिन्छ – यो केन्द्रीय पार्टी राजनीतिमा अत्यन्तै मौलाएको देखिन्छ र यसको जरो गाउँ तहसम्म झाँगिएर गएको छ, यसलाई निर्मूल पार्न केन्द्रीय नेतृत्वसँग न साहस न जाँगर !!

    किन यस्तो लाचार भयो त केन्द्रीय नेतृत्व ? आखिर किन ? पार्टीको समष्टि हित नहेरेर आफ्नालाई हेर्दाको हविगत हो यो !!

    राजनीति जनताको पक्षमा लागेर गर्ने हो भने ‘सत्ता’ त जहिले पनि प्राप्त हुन्छ । सत्ता प्राप्त गर्न जे पनि गर्ने हो भनें यसले कति विखण्डन ल्याउँछ भन्ने कुरा सबैलाई थाहा छ । सत्ताको उन्माद, र शक्तिको आसक्तिले व्यक्तिलाई फाइदा होला, दलहरुलाई फाइदा होला तर देश नरक कुण्डमा डुब्दछ, वर्तमान अवस्थामा देश त्यही याता तिर उन्मुख भएको भान हुन्छ । नेपाली कांग्रेस प्रति आस्था र विश्वास राख्नेहरुको मनमा यस पार्टी प्रति वितृष्णा उब्जियो भने यसको सान्दर्भिकता पनि समाप्त भएर जाने छ । क्र‍‌.म.श

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij