२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सरकारले बिना विलम्ब सुकुम्बासीलाई पुर्जा दिनुपर्छ : खिमलाल भट्टराई

आइतवार , बैशाख १०, २०८०

भैरहवा, १० वैशाख । 
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा तथा पूर्व राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सरकारले बिना विलम्ब सुकुम्बासीलाई पुर्जा दिनुपर्ने माग गरेका छन् । उनले सुकुम्वासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गरेका हुन् ।

आइतबार सामाजिक संजाल फेसबुकमा नेता भट्टराईले लेखेका छन्, ‘अरु कसैको जग्गाको दिने होइन, उनीहरूले वर्षौदेखि जोतभोग गर्दै आएको जमिनको लालपुर्जा दिने हो । करको नाममा धेरै रकम लिएर आफ्नै जग्गा खरीद गर्नुपर्ने अवस्था सिर्जना गर्ने कुरा अन्यायपुर्ण हुन्छ  । ’नगण्य मात्राको साधारण दस्तुर लिएर सुकुम्बासीलाई  लालपुर्जा दिनुपर्ने उनको भनाइ छ ।