२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

जयसवाल महिला सेवा समिति भैरहवाद्वारा मृगौलापीडितलाई सहयोग

शुक्रवार , बैशाख ८, २०८०

भैरहवा, ८ वैशाख ।
जयसवाल महिला सेवा समिति भैरहवा, रुपन्देहीले मृगौलापीडितलाई आर्थिक सहयोग गरेको छ । मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर बिहीबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका–४ का ४२ वर्षिय अजय जयसवाललाई सहयोग गरिएको समितिले जनाएको छ । 

दुवै मृगौला फेल भइ उपचाररत जयसवाललाई उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रु. १ लाख ३ हजार २० रुपैयाँ प्रदान गरिएको जयसवाल महिला सेवा समिति भैरहवाकी अध्यक्ष पुनम जयसवालले बताइन् । ‘आर्थिक अवस्था कमजोर भएको परिस्थितिलाई मध्यनजर गर्दै सहयोग गरिएको हो, ’उनले भनिन् ।

कार्यक्रममा जयसवाल महिला सेवा समिति भैरहवाकी अध्यक्ष पुनम जयसवाल, उपाध्यक्ष मन्जु जयसवाल, सचिव अनुपमा जयसवाल, सदस्य ईन्दु जयसवाल, श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर-४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियारलगायतको उपस्थिति रहेको जयसवाल युवा समिति भैरहवाका अध्यक्ष शिवम जयसवालले बताए ।