
बिहिवार , बैशाख ७, २०८०
काठमाडौं, ७ वैशाख ।
नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिबहीार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा खरिदविक्री भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार चाँदीको तोला १ हजार ४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij