२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

मंगलवार , बैशाख ५, २०८०

  • 31.0K
    Shares
  • 31.0K
    Shares
  • काठमाडौं, ५ वैशाख ।
    सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् । उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको जानकारी दिइन् ।