
आइतवार , बैशाख ३, २०८०
बुटवल, ३ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ स्थित ड्राइभर टोलमा रहेको होटल द एसआरले नेपाली नयाँ वर्ष २०८० को अवसरमा शनिबार आयोजित विशेष लोक साँस्कृतिक कार्यक्रम सफल भएको जनाएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा लोक तथा दोहोरी सांगीतिक कार्यक्रम गरिएकोमा सफल भएको होटलले दावी गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै होटल द एसआरका अध्यक्ष शंकर बस्यालले अन्य संस्थाले ब्याण्ड तथा पप गीतलाई जर्गेना गरेको अवस्था पनि द एसआर होटलले नेपाली लोक संस्कृतिलाई संरक्षण गर्दै लोक साँस्कृतिक कार्यक्रम गरेको बताए । उनले यो नेपाली संस्कृतिलाई जोगाउँदै बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी रहने बताए ।
होटलका व्यवस्थापक लक्ष्मण बञ्जाडेले आगामी वर्षहरुमा पनि होटलमा हुने कार्यक्रमहरुमा लोक साँस्कृतिक भाकालाई संरक्षण गर्ने बताउँदै यो कार्यक्रमलाई वार्षिक रुपमा निरन्तरता दिने बताए ।
५५० जना सहभागीहरुले लोक संस्कृतिसँगै मनोरञ्जन लिएको व्यवस्थापक बञ्जाडेले बताए ।
चैत २० गते साँझ ७ बजेबाट सुरु भएको कार्यक्रम राती १२ बजे नया वर्षको शुभकामना आदानप्रदानसँगै सकिएको थियो ।
कार्यक्रममा लोक गायक खुमन अधिकारी, लोक गायिका टीका सानु, गायक दिपु मगर, नृत्य कलाकार सुशीला नेपाली र हास्य कलाकार विष्णु पाण्डेय (माईला बा) ले मनोरञ्जन प्रदान गरेका थिए ।
९९९ रुपैयाँ प्रतिव्यक्ति टिकट तोकिएको थियो भने त्यसवापत अनलिमिटेड भेज÷ननभेज बुफे डिनर होटलले उपलब्ध गराइएको थियो ।
२०७५ सालमा स्थापना भएको होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij