
शुक्रवार , बैशाख १, २०८०
बुटवल, १ वैशाख ।
नेपाली नयाँवर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले होटल पौवाले आफ्ना २ वटा शाखामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पौवाको भैरहवा र बुटवल शाखामा विशेष नयाँवर्ष शुभारम्भ साँझ गरेर पौवाले नेपाली नयाँवर्षलाई स्वागत गरेको हो ।
भैरहवामा आयोजित शुभारम्भ २०८० साँझमा आधुनिक संगीतका चर्चित कलाकार शिव परियार र प्रकाश दुतराजले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । शिव परियारले धोकेवाज हौ तिमी, धोकेबमज हौ तिमी.....गाउँदा कार्यक्रम उपस्थित दर्शकहरुले गरेको हुटिङले माहोल तताएको थियो । उनले पिउँदिन भन्दा भन्दै पिलायो साथीले...., सुन्छु तिमिले मलाई छाड्नै आँटेकी छेउरे....., आँसुको अर्थ..., बाटो मोडेर...तिम्रै निम्तीसहितका गीत प्रस्तुत गरेका थिए भने प्रकाश दुतराजले घर त कता हो बैनीको...., जाम भो माईली रेलैमा...., चोली मैलै भो..., मन भुल्छ....., बैनी झ्यालैमा लगायतका गीत प्स्तुत गरेका थिए ।
यता बुटवलको कार्यक्रममा चर्चित क्लासिकल गायिका कुन्ती मोक्तानले पहाडकी छोरी हुँ म भीरमा पनि...., खुट्टा तान्दै गर..., चोली रामैो पाल्पाली डाकाको..., सुनकै भानउ छ सुन्तोला बारीको सहित दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् । बुटवलमा राजनराज शिवाकोटीले सुर्के थैली.. कुटुमा कुटु सुपारी दाना..., चरी च्याट्ट दारी....लगायतका गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायक अफसर अलीसहित स्थानीय कलाकारहरुबाट नेपाली कला र संस्कृतिमा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए । भैरहवाको कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले र बुटवलको कार्यक्रम तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । मध्यराती १२ बजे आतिसबाजीसहित नयाँवर्षलाई स्वागत गरिएको थियो ।
नेपाली हस्पिटालिटीको आरम्भ गरेको दावी गरेको पौवाले नेपाली नयाँवर्ष मनाउने आफ्नो अतिथि तथा ग्राहकहरुलाई लक्षित गर्दै नेपाली नयाँवर्ष शुभारम्भ साँझ कार्यक्रम गरिएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए । पौवाले नेपालमा मनाइने हरेक चाडपर्वहरुलाई विशेष अवसर बनाएर ग्राहकहरुलाई रिती अनुसारको परिकार पस्किँदै आएको छ । पौवाका नेपालभर ११ वटा शाखा संचालनमा रहेका छन् भने आजदेखि काठमाडौंमा १२ औ शाखाले सेवा दिन सुरु गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij