images

आइतवार, बैशाख २३ गते २०८१

चार्टर उडानबाट १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा

चार्टर उडानबाट १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा

images
images
images
शुक्रवार, बैशाख १ २०८०
शुक्रवार, बैशाख १ २०८०
  • चार्टर उडानबाट १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा

    काठमाडौं, १ वैशाख ।
    कोरोना (कोभिड–१९) को महामारीपछि चीनबाट पहिलोपटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गरेका थिए । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो ।

    images
    images
    images

    पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उनीहरुको नेपाल बसाई सुखद रहोस भनी शुभकामना व्यक्त गरे ।

    त्यस्तै मन्त्री र राजदूच सोङबीच विमानस्थलमै भएको भेटवार्ताका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडानको लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरे ।

    राजदूतसोङले नेपाल चिनियाँ पर्यटकहरुको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधै सकारात्मक भएको बताए । उनले कोभिडपछि चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने बताए ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए । उनले नेपाल चीन सीमा नाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनियाँ राजदूत समक्ष आग्रहसमेत गरे ।

    बिहीबार हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट १८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानहरूमार्फत् थप ७ सय यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

    कोभिड–१९ महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा एकैपटक चिनियाँ पर्यटकको यो पहिलो आगमन भएको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले जामनकारी दिए । भुसालकाअनुसार सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ जना, २०२० मा १९ हजार २ सय ५७, २०२१ मा ६ हजार १ सय ९६ २०२२ मा ५ हजार ५ सय ९५ र २०२३ को मार्चसम्म ६ हजार ३ सय ३७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij