२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

चालु खाता एवं शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक

शुक्रवार , बैशाख १, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १ वैशाख । 
    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तीय स्थितिबारे एक प्रेस विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।  

    समीक्षा अवधिमा चालु खाता रू.४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू.४६० अर्ब ७२ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।