२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

उद्योग वाणिज्य महासंघ : एशोसिएट सदस्यमा उज्जवल र राजेश निर्वाचित

बिहिवार , चैत्र ३०, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ३० चैत ।
    नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको मतपरिणाम सार्वजनिक भएका छ । मतपरिणामअनुसार एशोसिएट सदस्यमा उज्जवल कुमार श्रेष्ठ र राजेश कुमार अग्रवाल निर्वाचित भएका छन् । श्रेष्ठ १ हजार १ सय ९१ र अग्रवाल १ हजार ३ सय १२ मत प्राप्त गरेका छन् । श्रेष्ठ पञ्चकन्या समूहका कार्यकारी निर्देशक हुन् ।

    त्यस्तै अग्रवाल सिद्धार्थ गु्रप, अर्घाखाँची सिमेन्ट प्रा.लि., श्री स्टिल्स प्रा.लि.का प्रबन्ध निर्देशक, सिद्धार्थ सिमेन्ट प्रा.लि., सिद्धार्थ आयल इण्डष्ट्रिज, सिद्धार्थ रिफाईनरी इण्डष्ट्रिज, सिद्धार्थ मिनिरल्स प्रा.लि., एक्सन पोलिमर्स प्रा.लि., एसियन कंक्रिटो प्रा.लि. र सिद्धार्थ पेट प्लाष्ट इण्डष्ट्रिज प्रा.लि.का निर्देशक हुन् । उनी सिद्धार्थ राउण्ड टेबल, मारवाडी सेवा समिति भैरहवाका पूर्व उपाध्यक्ष र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सल्लाहकारसमेत हुन् ।
    एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् ।

    एशोसिएटतर्फ श्रेष्ठ र अग्रवालसहित  डा. रामशरण थपलिया, मनोज पौडेल, आनन्द कुमार बगेरिया, अम्बिका प्रसाद पौडेल, सुुनिल नारायण श्रेष्ठ, सुशील थापा, शैलेन्द्र गुरागाईं,  हेमन्त गोल्छा, देशबन्धु बस्नेत,अविनाश बोहोरा, गोपाल खनाल, प्रवलजङ्ग पाण्डे, जुना माथेमा, शक्ति कुमार बेगानी, सन्दिप कुमार अग्रवाल, ऋषी अग्रवाल र मुकुन्द प्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।