२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्यो : राष्ट्र बैंक

बिहिवार , चैत्र ३०, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ३० चैत ।
    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ । त्यसै गरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो ।

    केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तीय स्थितिबारे एक विज्ञप्ती जारी गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।